Chitwan Post Epaper
समाचार

फरार दुई अभियुक्त पक्राउ

भरतपुर । चितवन प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग र जबर्जस्ती चोरी मुद्दामा संलग्न रही फरार रहेका भरतपुर १२ बस्ने २५ वर्षका ‘कान कुहिए’ भन्ने अनिल परियारलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शिव शर्मा आचार्यका अनुसार परियारमाथि २०७२ सालमा भरतपुरको केन्द्रीय बसपार्कमा नीति राई र जगत पुनमगरलाई कुटपिट गरी बिगो ५ लाख ८ हजार ५०० रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको आरोप थियो । उक्त घटनामा यसअघि नै दुई जना पुर्पक्षको लागि थुनामा भएका र एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
यसैगरी केही सार्वजनिक मुद्दामा फरार रहेका भरतपुर २ क्षेत्रपुर बस्ने २२ वर्षका शिवु थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार थापा समाजमा अशान्ति, डरत्रास र भय सिर्जना गरी रकम असुल गर्ने क्रियाकलापमा संलग्न रही फरार रहेको प्रहरीको भनाइ छ ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top