Chitwan Post Epaper
प्रमुख समाचार

अपांग बलात्कार गर्नेलाई   १० वर्ष कैद 

 

भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालकलाई चितवन अदालतले १० वर्ष कैद फैसला सुनाएको  छ ।
केन्द्रमा आश्रित दुई महिलामाथि जबर्जस्ती करणी भएको आरोपमा मुद्दा चलेका केन्द्रका सञ्चालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का विष्णु शर्मालाई चितवन अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले मंगलबार असार २६ गते १० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ ।
आरोपित शर्माविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा वैशाख ७ गते पीडितहरुले जाहेरी दिएका थिए । घटना वैशाख १ गतेको भए पनि डरत्रासका कारण वैशाख ७ गते जाहेरी परेको र ७ गते नै अभियुक्त पक्राउ परेका थिए । केन्द्रमा आश्रित ३५ र १९ वर्षका दुई पीडितले घटनाबारे ढिलामात्र छिमेकीलाई भनेपछि घटना सार्वजनिक भएको  हो ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top