Chitwan Post Epaper
समाचार

३४ वर्षमा ३० वटा गैँडा उपहार 

रत्ननगर । सरकारले चितवन राष्टिूय निकुञ्जबाट ३० वटा गैँडा विभिन्न देशलाई उपहारस्वरुप दिएको छ ।
३४ वर्षको अन्तरालमा ११ वटा देशलाई ३० वटा गैँडा उपहार दिइएको हो । सन् १९८४ मा भारतलाई ४ वटा, सन् १९८७ मा अमेरिकालाई ४ वटा, सन् १९९० मा जर्मनीलाई २ वटा, सन् १९९० मै अमेरिकालाई २ वटा, सन् १९९३ मा बंगलादेशलाई २ वटा, १९९८ मा बेलायतलाई २ वटा गैँडा उपहारस्वरुप दिइएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।
त्यसैगरी, सन् २००२ मा जापानलाई २ वटा, सन् २००६ मा अष्टिूयालाई २ वटा र त्यसयता बर्मा, थाइल्यान्ड र पाकिस्तानलाई दुई(दुईवटा गैँडा उपहार दिएको उनले जानकारी दिए । सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ र चितवनमा ६०५ वटा गैँडा छन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top