Chitwan Post Epaper
समाचार

दाङमा राइटपाथको ऐतिहासिक शैक्षिक मेला

भरतपुर । राइटपाथ एजुकेसन एण्ड कन्सल्टेन्सीले दाङ्गको तुलसीपुरमा एकदिने ऐतिहासिक शैक्षिक मेला आयोजना गरेको छ । दाङ्गमा सबैभन्दा पहिलो शैक्षिक मेला राइटपाथले नै सम्पन्न गरेको राइटपाथका सीईओ फिलिप डिसीले जानकारी दिए । उनले एक हजार विद्यार्थीहरुलाई शैक्षिक परामर्श गरिएको बताए ।
मेलाको उद्घाटन तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावतले उद्घाटन गरेका थिए । रावतले राइटपाथले दाङमा शैक्षिक मेला आयोजना गरेर दाङका विद्यार्थीहरुलाई वैदेशिक अध्ययनको बारेमा थप जानकारी मिलेको बताए ।
शैक्षिक मेलामा उपस्थित विद्यार्थी तथा अभिभावकलाई अस्ट्रेलियन, क्यानेडियन, भारतलगायतका १० वटा कलेजको विषयमा परामर्श गरिएको राइटपाथका सीईओ फिलिप डिसीले जानकारी दिए । मेलामा विद्यार्थीहरुले विदेश जाँदा अपनाउनुपर्ने सावधानी, भिसा प्रक्रिया, लागत, कानुनी प्रावधान, भाषिक समस्यालगायतका विषयमा कलेजका नेपाल प्रतिनिधिहरुले जानकारी गराएका थिए ।
मेलामा अस्ट्रेलियाको क्विन्सफोर्ड कलेज र भाइव कलेजका नेपाल प्रतिनिधि प्रकाश पाण्डे, हार्बन इन्टरनेसनल कलेजका मुकेश धमाला, जोई कलेजका असीम मैनाली, सेन्चुरियन कलेजका प्रतिनिधि सुनिल रेग्मी, ¥याम्सकोर्ड कलेजका दीपक गुरुङलगायतले परामर्श दिएका थिए ।
एकार्यक्रममा एक हजार भन्दा बढी विद्यार्थीहरुले शैक्षिक परामर्श लिएका थिए । राइटपाथले दाङको तुलसीपुरमा शाखा खोलेको छ । कार्यक्रममा विशिष्ट अतिथि यातायात व्यवसायी सुरेश हमाल, रोटरी क्लबका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठ, उवासंघ तुलसीपुरका सचिव दिनील केसी, पत्रकार खेम रिजाल, उवासंघ तुलसीपुरका पूर्वअध्यक्ष बिमल रिजाललगायतले मन्तव्य दिएका थिए ।
यसअघि भरतपुरमा राइटपाथले शैक्षिक मेला गरेको थियो । राइटपाथको नारायणगढको लायन्सचोकमा अबको १५ दिनभित्र शाखा खोलिसक्ने सीईओ फिलिप डिसीले जानकारी दिए ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top