Chitwan Post Epaper
विचार

मनोसामाजिक समस्या

– मोहन पोख्रेल
mohanpokhrel250@gmail.com
मनोसामाजिक मनो (मन) र सामाजिक (समाज) गरी दुई शब्दले बनेको छ । मानिस सामाजिक प्राणी हो । समाजमै जन्मन्छ, हिँड्छ, डुल्छ, समाजकै वातावरणमा घुलमिल हुन्छ । कहिले समाजसँग उसको सम्बन्ध सकारात्मक हुन्छ त कहिले नकारात्मक । जुनबेला व्यक्तिको मन खुसी हुन्छ र ऊ हँसिलो देखिन्छ, उसले आफ्नो दैनिक काम सहजरुपमा गर्न सक्छ । तर कहिलेकाहीँ उसलाई त्यही समाजले केही नराम्रा कुराहरु गरिदियो वा भनिदिएको खण्डमा व्यक्तिको मन दुख्न सक्छ । जुनबेला हरेक व्यक्तिलाई नरमाइलो लाग्न सक्छ र व्यक्ति समाजसँग खुल्न वा आफ्नो मनको कुरा गर्न सक्दैन, त्यसबेला उसको मनमा धेरै कुराहरु खेल्न सक्छन् । हामीले दैनिक जीवनमा काम गर्दा विभिन्न किसिमका तनावहरु हुन सक्छन्, कसैसँग त्यसलाई सामना गर्न सक्ने क्षमता हुन्छ भने कसैको नहुन पनि सक्छ । तर, कुनै पनि समस्या लगातार १४ दिनभन्दा बढी भएमा र आफ्नो दैनिक काम गर्न अवरोध भएको खण्डमा त्यसलाई मनोसामाजिक समस्या भनिन्छ ।
यसका केही लक्षणहरु निम्नअनुसार छन् ः
– एकान्तमा बस्न मन लाग्ने ।
– मनमा कुरा खेल्ने ।
– नरमाइलो लाग्ने ।
– खान मन नलाग्ने वा बढी खाने ।
– निद्रामा बर्बराउने, निदाउन नसक्ने वा बढी निद्रा लाग्ने, सपना नराम्रो देख्ने ।
– टाउको दुख्ने, हातखुट्टा बाउँडिने ।
– मुटु हल्लने वा दुखेको अनुभव हुने ।
– शरीरबाट पसिना आउने ।
– हातखुट्टा चिसो हुने वा झमझमाउने, काँप्ने,
बर्बराउने
– शरीरमा शक्ति ह्रास भएको अनुभूति हुने ।
– पेट दुख्ने ।
– छटपटी हुने, कसैसँग बोल्न मन नलाग्ने ।
– निराशा भइराख्ने ।
– भविष्यप्रर्ति बढी चिन्तित हुने ।
– अत्यधिक बिर्सने ।
– आत्महत्याको सोचाइ आउने वा गर्न खोज्ने ।
यी माथि उल्लेख गरिएकाजस्ता समस्याहरु हुन सक्ने प्रबल सम्भावनाका कारण यो रोगलाई समयमै व्यवस्थापन गर्न नसकेको खण्डमा गम्भीर किसिमका लक्षणहरु देखा पर्न सक्छन्, जस्तैः
– निद्रामा झस्कने वा तर्सने ।
– नभएको वस्तु देख्ने वा सुन्ने ।
– बेमौसमी कपडा लगाउने ।
– बढी झर्कने ।
– असामान्य व्यवहार देखाउने ।
– सरसफाइमा ध्यान दिन नसक्ने ।
– गलत विश्वास गर्ने ।
– आक्रमणको व्यवहार देखाउने ।
माथिका समस्याहरु जतिखेर पनि देखा पर्न सक्ने हुनाले यस्ता समस्याहरु देखिएको खण्डमा तुरून्त मनोविमर्श तथा मनोचिकित्सक सेवा लिनु प्रभावकारी हुन्छ ।
थाहा पाइराख्नुपर्ने कुराहरु ः
– यो समस्या जहाँसुकै र जोसुकैलाई पनि हुन सक्छ ।
– गलत औषधि र उपचारले व्यक्तिमा थप समस्या हुन सक्छ ।
यो समस्या देखा परेको खण्डमा कुनै नजिकको व्यक्ति वा परिवारका व्यक्तिले समस्या भएको व्यक्तिलाई छोड्न हुँदैन ।

(गलत उपचार र औषधि र खर्चबाट बचौँ,
सही उपचारलाई समयमै पहिचान गरौँ ।)
(मनोविमर्शकर्ता)

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top