Chitwan Post Epaper
राजनीति

‘हिन्दुराष्ट्र स्थापना गर्न संघर्ष गर्छौँ’

भरतपुर । राप्रपाका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनःस्थापना गर्न संघर्ष गर्ने बताएका छन् ।
भरतपुरमा बिहीबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष थापाले हिन्दुराष्ट्र स्थापनाका लागि अभियान चलाउने बताए । उनले भने, ‘असार २८ गतेबाट हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनजागरण कार्यक्रम चलाइने छ ।’ उनले जनसंघर्षको पूर्वतयारीका लागि असार २८ मा काठमाडौँबाट हिन्दुराष्ट्र स्थापनाका लागि अभियान थालनी हुने बताए ।
असोज मसान्तसम्म हिन्दुराष्ट्र स्थापनाका लागि जनजागरण अभियान चलाइने उनको भनाइ थियो । ‘हामी हिन्दुराष्ट्र स्थापना गराई छाडछौँ’ अध्यक्ष थापाले भने, ‘नेपाल र नेपालीको संस्कृति र पहिचानको रक्षाका लागि हिन्दुराष्ट्र स्थापना गर्नैपर्छ ।’
पार्टी एकीकरण हुन्छ
अध्यक्ष कमल थापाले राप्रपाबाट विभाजित भएका सबै पार्टीहरुको एकीकरण हुने बताएका छन् । पत्रकारहरुसँग अध्यक्ष थापाले अबको एकता टिकाउ हुने बताए । उनले भने, ‘अबको एकता हचुवा र हतारको आधारमा गर्दैनौँ ।’ उनले पहिलेको जस्तो एकीकरण अबको होइन, सिद्धान्त र विचारको धरातलमा उभिएर कहिल्यै पार्टी नफुटाउने गरी एकता गरिने बताए । पार्टी एकीकरण गर्नका लागि वार्ता समिति बनाएको उनको भनाइ थियो ।
‘पहिलाको पार्टी एकता गल्ती होइन, एकतालाई जोगाउन नसक्नु कमजोरी हो, पार्टी अध्यक्षको नाताले त्यसको जिम्मेवारी मैले पनि लिनुपर्छ’, अध्यक्ष कमल थापाले भने, ‘अब बलियो र प्रजातान्त्रिक शक्ति बनाउनका लागि राप्रपाको एकीकरण हुन जरूरी छ ।’

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top