Chitwan Post Epaper
राजनीति

कांग्रेसको दबाबमा विनियोजन विधेयकमाथिको छलफल रोकियो

–अमृत चिमरिया
हेटौँडा । ३ नम्बर प्रदेशको विनियोजन विधेयकमा योजनाहरुको सूची समावेश नगरी व्यय अनुमानको विवरणमात्रै समावेश गरेको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले बिहीबार छलफल रोकेको छ ।
बुधबार कांग्रेसका सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको थियो । सरकारले असार १ गते प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमान (बजेट)माथिको छलफल सकिएर विनियोजन विधेयक प्रस्तुत हु“दासमेत योजनाको सूची नल्याएको तथा शीर्षकसहित बजेट समावेश नभएको भन्दै छलफल रोकेको हो ।
यस्तै, बिहीबार नै आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले प्रदेश नम्बर ३ को कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ लाई दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमाथि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले नियमापत्ति गरेता पनि पास भएको छ ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रभात तामाङले कर तथा गैरकर राजस्व लगाउने र उठाउनेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ मा भएको संशोधन प्रस्ताव प्रदेशसभा सदस्यलाई उपलब्ध नगराई समितिमा लैजान नमिल्ने भन्दै नियमापत्ति गरेका थिए । तर, उक्त नियमापत्ति प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले समितिमा लैजाने भएकाले दफबार छलफल हुने भन्दै पास÷फेलका लागि प्रदेशसभामा पेश गरेपछि बहुमतले समितिमा लैजाने प्रस्ताव पास भएको हो ।
यस्तै, ३ नम्बर प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठक आज शुक्रबार दिउ“सो ३ बजे बस्ने भएको छ । उक्त बैठकमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया“सहित समितिका अन्य सदस्यहरुको उपस्थिति हुनेछ । बैठकमा विनियोजन विधेयकको शीर्षकसहित बजेट किन नल्याएको भन्ने विषय र नियमापत्ति हु“दाहु“दै पनि समितिमा प्रस्ताव लगिएको विषयमा छलफल हुने कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिएका छन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top