Chitwan Post Epaper
राजनीति

जिल्ला सभापतिहरुको माग : नेतृत्वमा एकता

अमृत चिमरिया
हेटौँडा । हेटौँडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा अधिकांश जिल्ला सभापतिहरुले पार्टीको नेतृत्व एक हुन आवाज उठाएका छन् । आज बिहीबारसम्म चल्ने भेलामा जिल्ला सभापतिहरुले बोलेका कुराबारे नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।
जिल्ला सभापतिहरुले वाम एकताको चुनौती सामना गर्न संगठित हुनुपर्ने, पार्टीलाई पुनर्ताजगी गराउन राष्ट्रिय जागरण अभियान चलाउनुपर्ने, आत्मघातीलाई कारबाही गर्न नेतृत्व कडारुपमा प्रस्तुत हुनुपर्ने, सरकारको शैलीबारे प्रतिपक्ष दलको भूमिका निर्वाह गर्नुपर्ने र राज्यको नया“ संरचनाअनुसार जिल्ला समितिहरुको भूमिकाबारे नेतृत्वलाई प्रश्न गरेका थिए ।
केही जिल्ला सभापतिहरुले भने नेतृत्वको कारणले जिल्ला तहमा समेत नराम्रो छाप परेको भन्दै गुटको अन्त्य गर्नुपर्ने बताएका थिए । जिल्ला सभापतिहरुले आज पनि आफ्ना कुराहरु नेतृत्वसामु राख्नेछन् । जिल्ला सभापतिहरुको बन्द सत्रमा पत्रकारलाई प्रवेश दिइएको छैन ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top