Chitwan Post Epaper
राजनीति

देउवालाई ध्यानाकर्षण

हेटौँडा । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का चार उपाध्यक्षसहित एक महामन्त्रीले केन्द्रीय अधिवेशन गराउन माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र दिएका छन् ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघलाई कब्जामा लिने मनसायस्वरुप अधिवेशन नगरेको भन्दै उपाध्यक्षहरु रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नवीन राई तथा प्रकाश राना र महामन्त्री कुन्दनराज काफ्लेको हस्ताक्षर भएको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
अधिवेशनलाई जिल्ला तथा अन्य सबै तहमा समेत गर्नुपर्ने भन्दै उनीहरुले सम्पूर्ण जिल्लाका सभापतिहरुलाई समेत उक्त वातावरण बनाउनका लागि आग्रह गरेका छन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top