Chitwan Post Epaper
प्रमुख समाचार

चितवनमा महिला उद्यमीको हिस्सा २५ प्रतिशत

– किशोर खनाल

भरतपुर । चितवनमा झन्डै २५ प्रतिशत हिस्सा महिला उद्यमीको छ ।
चितवन औद्योगिक क्षेत्रका रुपमा विकास भइरहेको अवस्थामा महिला उद्यमी पनि उल्लेख्यरुपमा वृद्धि भइरहेका घरेलु तथा साना उद्योग कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार २०७४ साउनयता वैशाखसम्म चितवनमा २९१ जना महिला उद्यमीले उद्यम गरिरहेका छन् ।
‘कार्यालयको तथ्याङ्कअनुसार कुल उद्यमीको २५ प्रतिशत हिस्सा महिलाले लिएको देखिन्छ’, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेश कर्माचार्यले भने । ०७४ साउनयता वैशाखसम्म चितवनमा १ हजार १८५ पुरूष उद्यमीले उद्यम चलाइरहेका छन् ।
चितवन जिल्लामा ०७३÷७४ मा २९० जना महिला उद्यमीले उद्यम गरेका थिए । ०७२÷७३ मा १७९ महिलाले उद्यम गरेका थिए । ‘बिस्तारै उद्यमतर्फ महिलाको आकर्षण बढिरहेको छ’, घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख कर्माचार्यले भने । चितवनमा ०७२÷७३ मा ७६२ जना पुरूष उद्यमी थिए । ०७३÷७४ मा १ हजार ८५ पुरूष उद्यमी पुगेका थिए ।
विशेषगरी, ब्युटीपार्लर, कृषि, पशुपालन, सिलाइकटाईलगायतका क्षेत्रमा महिला उद्यमी बढेका छन् । राष्ट्रिय सभाकी सदस्य पार्वती रावलका अनुसार पुरूषमाथिको परनिर्भरताबाट छुटकारा पाउन महिला उद्यमतर्फ बढेका हुन् ।
‘उनले भनिन्, ‘हिजो अर्थमा महिला सधैँ अरुका भर पर्ने अवस्था थियो, अब त्यो हट्दै गएको छ, महिलाले अर्थको मह¤व बुझे । आफैँले केही गर्नुपर्छ भन्ने सोचको विकास भयो, जसको प्रतिफल उद्यम क्षेत्रमा देखिएको छ ।’
कुन नगरमा कति महिला उद्यमी ?
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएअनुसार महानगरपालिका भरतपुरमा सबैभन्दा बढी महिला उद्यमी छन् । भरतपुरमा १३२ जना महिला उद्यमी रहेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । भरतपुर महानगरमा ६२४ जना पुरूष उद्यमी छन् । भरतपुर महानगरमा महिला उद्यमीको झन्डै २१ प्रतिशत हिस्सा रहेको देखिन्छ ।
रत्ननगर नगरपालिकामा ५१ जना महिला उद्यमी छन् । यहाँ १८३ पुरूष उद्यमी छन् । यहाँ महिला उद्यमीको हिस्सा २८ प्रतिशत छ ।
यस्तै, खैरहनी नगरपालिकामा २७ जना महिला उद्यमी छन् । १४१ जना पुरूष उद्यमी छन् । यहाँ महिला उद्यमीको हिस्सा १९ प्रतिशत छ । राप्ती नगरपालिकामा १८ जना महिला उद्यमी रहेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ, जसमा ८४ जना पुरूष उद्यमी छन् । राप्तीको उद्यममा महिला हिस्सा २१ प्रतिशत छ ।
कालिका नगरपालिकामा २७ जना महिला उद्यमी छन् । पुरूष उद्यमी १४१ जना छन् । यहाँ पुरूष उद्यमीको तुलनामा महिलाको हिस्सा १९ प्रतिशत छ । माडी नगरपालिकामा महिला उद्यमीको संख्या १२ पुगेको छ । पुरूष उद्यमी ३१ जना छन् । यहाँ महिला उद्यमीको हिस्सा ३९ प्रतिशत छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा जम्मा ३ जनामात्र महिला उद्यमी छन् । यहाँ २६ जना पुरूष उद्यमी छन् । यहाँको महिला हिस्सा १२ प्रतिशत पुगेको छ ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहन प्रधानले चितवनमा महिला उद्यमीको संख्या बढ्दै गएको बताए । उनले भने, ‘यसपटकको बजेटमार्फत महिलालाई उद्यम गर्न सरकारले सहुलियत दरमा (५ प्रतिशत ब्याजमा) ऋण उपलब्ध गराएको छ । सीपमूलक तालिमका लागि महिलाहरुलाई १५ लाखसम्म सहुलियत दरमा ऋण उपलब्ध गराउने नीति पनि सरकारले ल्याएको छ ।’
अध्यक्ष प्रधानका अनुसार सरकारबाट महिलालाई उद्यम गर्न विभिन्न योजनाहरु आइरहेका हुनाले यसतर्फ आकर्षण बढ्दै गएको हो । उद्योग वाणिज्य संघ–चितवनअन्तर्गत रहेको महिला उद्यम समिति संयोजक रजनी मास्केले उद्यम गर्ने महिलालाई प्रोत्साहन गर्ने नीति सरकारले ल्याउनुपर्ने बताइन् ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top