Chitwan Post Epaper
समाचार

चट्याङबाट एक महिलाको मृत्यु

हेटौँडा । मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । घटनामा २ जना घाइते भएका छन् ।
शुक्रबार वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरगढी गाउ“पालिका–२ बस्ने ठूलीमाया नेगीको मृत्यु भएको हो ।
घरबाट बारीतर्फ जानेक्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर सोही स्थानका ५३ वर्षीय बुद्धिलक्ष्मी डिमडुङ र ३२ वर्षीय चिनीमाया लो घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
३ दिनअघि मात्र पनि बकैया गाउ“पालिकामा चट्याङ पर्दा २ जनाको मृत्यु भएको थियो ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top