Chitwan Post Epaper
प्रमुख समाचार

प्रतिनिधिसभा नियमावली गलत : कमल थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांगे्रेस र कम्युनिस्टहरुको सहमतिबाट फौजदारी अभियोगमा पक्राउ परेका सांसद्लाई निलम्बन नहुने व्यवस्थासहित प्रतिनिधिसभा नियमावली बहुमतले पारित गर्नु गलत भएको बताएका छन् ।
शुक्रबार संघीय सांसद्मा भएको उक्त कदमको विरोधमा थापाले हेटौँडामा आयोजित कार्यक्रममा आपत्ति जनाएका हुन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन ३ नम्बर प्रदेशको युवा भेलाको उद्घाटन गर्दै उनले सत्तापक्ष र प्रतिपक्ष कांग्रेसको यस्तो कदमले राजनीतिक अपराधलाई बढवा दिने बताएका हुन् । यस्तै, उनले सरकारको सिफारिसमा बालकृष्ण ढुंगेललाई दिएको आममाफीको पनि विरोध गरेका थिए । सरकारले राजनीतिक बढवालाई प्रोत्साहित गरेकोले समाजमा नकारात्मक असर पार्ने पनि उनले बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले नेपालको संस्कृति सिध्याउन कम्युनिस्ट सरकार लागेको हुँदा राप्रपाले त्यसलाई बचाउने बताए । उनले अब प्रजातान्त्रिक धारका शक्तिकेन्द्रहरु एकअर्कामा मिल्नुभन्दा अरु विकल्प नरहेकाले फुटेर गएका सबै राप्रपालाई एकतामा आउन अनुरोध गरेका छन् । कांग्रेस पनि मिल्नुपर्ने भन्दै उनले नेपाली कांग्रेसले पनि प्रजातान्त्रिक विचारलाई स्पष्ट बनाएर राजतन्त्रको मुद्दा उठाएर एकतामा आउनलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले अबका युवाको भूमिका राजनीतिमा हस्तक्षेपकारी हुनुपर्ने बताएका थिए । पूर्वगृहमन्त्री तामाङले नेपाललाई हिन्दूराष्ट्र बनाउन अब संघर्षमा जाने बताए । हेटौँडामा दुई दिन चल्ने भेलाको उद्घाटनमा राप्रपाका तर्फबाट एकमात्र प्रदेश सदस्य रीता माझी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमालले सम्बोधन गरेका थिए ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top