Chitwan Post Epaper
कला

जुम्ली युवाले चुमे नेसनल अवार्ड

जुम्ला । जुम्ला सिंजा सुन्दरी गाउँपालिका–७ का पदम रोकायाले नेपालकै पहिलो नेसनल पावर न्यूज म्युजिक अवार्ड हात पारेका छन् ।
रोकायाले नेपालका चर्चित संगीतकार जय देवकोटा, रामजी खाँड, देवी घर्ती, टीका पुनलगायत सबैलाई पछि पार्दै आफ्नो ‘तिमीदेखि’ बोलको गीतमा अवार्ड जित्न सफल भएका हुन् । मंगलबार काठमाडौँको राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा आफ्नो सांगीतिक क्षेत्रलाई मन पराएर टप १० बाट प्रथम भएर यो अवार्ड पाएका हुन् । रोकायाले झन्डै पाँच दर्जन गीतमा संगीत भरेका छन् । रोकायाले नेपालका चर्चित कलाकार प्रमोद खरेल, अञ्जु पन्त, रामजी खाँड, टीका पुनलगायतका कलाकारहरुले गाउने गीतमा पनि संगीत भरेका छन् ।
रोकाया कहिलेकाहीँ आफ्नै लय र शब्दमा पनि गीतहरु गाउने गर्छन् । उनको बजारमा आएका चर्चित गीतहरु ‘माया गर्ने जीवनसाथी’, ‘जिन्दगीमा तिमी थियौ’, ‘मेरी मायालुलाई कर्णाली घुमाऊँला’, ‘तिर्खा लागे रारा तालको पानी’, ‘भोक लागे जुम्लाका, राताराता स्याउ खानी’जस्ता एक दर्जन बढी गीतहरु आफ्नै लय र शब्दमा बजारमा आएका छन् ।
रोकाया ‘कर्णाली कलाकार समाज’का अध्यक्ष पनि हुन् । उनले यो नेसनल अवार्डमात्र होइन, यसभन्दा पहिले पनि विभिन्न अवार्डहरु जित्न सफल भएका छन् । उनले पहिलो म्युजिक अवार्डपछि युवा प्रतिभा पुरस्कार–२०७४ पनि हात पारेका थिए । उनी अहिले भर्खरै भएको राष्ट्रिय संगीत संघ कर्णाली प्रदेशको चुनावमा सदस्यका रुपमा पनि निर्वाचित भएका छन् ।
(चन्द्रप्रकाश उपाध्याय, प्रशिक्षार्थी पत्रकार)

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top