Chitwan Post Epaper
समाचार

शैक्षिक सामग्री वितरण

भरतपुर । नारायणगढमा रहेका दुई लायन्स क्लबहरुले भरतपुर महानगरपालिका वडा नम्बर १, ठिमुरामा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीले शुक्रबार विद्यालयमा अध्ययनरत ६२ विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक र स्टेसनरी प्रदान गरिएको हो । विभिन्न सामाजिक काम गर्ने क्रममा आफूहरुले विद्यालयका अति विपन्न विद्यार्थीलाई विद्यालय पोशाक एवम्् स्टेसनरी प्रदान गरेको चुकेले बताए ।
आगामी दिनमा समेत क्लबले विभिन्न विद्यार्थीका लागि आवश्यक सामग्री सहयोग गर्दै जाने चुकेको भनाइ छ । विद्यालय पोशाक एवम् स्टेसनरी वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकादत्त भट्टराईले आधारभूत विद्यालयमा ठिमुरामा आर्थिकरुपमा विपन्न चेपाङ, दलित, भुजेल समुदायका विद्यार्थीहरु अध्ययन गर्ने गरेको बताए ।
उक्त कार्यक्रममा पुस्तक व्यवसायी सूर्यबहादुर मास्केले समेत सबै विद्यार्थीलाई स्टेसनरी प्रदान गरेका थिए । शैक्षिक पोशाक एवम् स्टेसनरी वितरण कार्यक्रम लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष रजनी मास्केको अध्यक्षतामा भएको थियो ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top