Chitwan Post Epaper
प्रमुख समाचार

चेपाङ विद्यार्थीलाई पोशाक वितरण

सिद्धि । युथ क्लब नारायणगढले कालिका नगरपालिका–११ स्थित सिद्धिको दौतेस आधारभूत विद्यालयका ३८ चेपाङ विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
क्लबका अध्यक्ष भगवानकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई सो सामग्री वितरण गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर प्रजाले चेपाङ समुदायमा अझै पनि आफ्ना सन्तानलाई पठाउनुपर्छ भन्ने मानसिकता नदेखिएको बताए ।
अरुले कर गरेर पठाउनुपर्ने बाध्यता भएकाले यस्तो संस्कार हटाउनुपर्ने उनले बताए । कुनै संघसंस्थाले आएर सहयोग गर्नुपर्ने, आफैँले पढ्न जानुपर्छ भन्ने मानसिकता नराख्ने, बीचमा विद्यालय छाड्ने संस्कारले गर्दा समुदाय माथि उठ्न नसकेको उनले बताए । कार्यक्रममा विद्यार्थी अभिभावक संघका अध्यक्ष जितबहादुर प्रजा, युथ क्लब नारायणगढका उपाध्यक्ष रामबाबु श्रेष्ठ, महासचिव शालिग्राम नेपाल, शिक्षिका सावित्री बुढाथोकी, क्लबका निर्देशक दयाराम कँडेललगायतले मन्तव्य राखेका थिए ।

 

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top