Chitwan Post Epaper
प्रमुख समाचार

लागूऔषध रोकथाम अभियान सुरू

भरतपुर । भरतपुर महानगरपालिकालाई लागूऔषधमुक्त नगर बनाउने उद्देश्यसहित शुक्रबारबाट लागूऔषध रोकथाम अभियान सुरू गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले अभियानको उद्घाटन गरेका हुन् । अभियानको उद्घाटन गर्दै डल्लाकोटीले युवा वर्गहरु लागूऔषधको दुव्र्यसनमा फसेर आफ्नो तथा परिवारको समेत सपना बर्बाद पारिरहेको बताए । भोलि देशका कर्णधारहरु, नीति निर्माताहरु, उच्च तहका व्यक्तिहरु अहिले दुव्र्यसनमा फस्दा राष्ट्रको समृद्धिको सपनासमेत पूरा हुन नसक्ने डल्लाकोटीको भनाइ थियो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले चितवनमा लागूऔषध दुव्र्यसनीको संख्या धेरै भएको बताए । जिल्लामा भएको विकासको क्रमसँगै यस क्षेत्रलाई लागूऔषधको अखडा बनाउनेको संख्यासमेत बढ्दै गएको बस्नेतले बताए । चितवनलाई शान्त र सुरक्षित बनाउनका लागि आफूहरुले लागूऔषध कारोबारीलाई कारबाही गर्ने गरी सुरक्षा योजना निर्माण गरिरहेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए । राठौरका अनुसार लागूऔषध प्रयोगकर्ताले ट्याब्लेटबाट सुरू गरेर, सुघ्ने औषधि हुँदै सुईबाट नशालु पदार्थ सेवन गर्ने गरेका हुन्छन् ।
सन्देश फाउन्डेसन नेपालद्वारा सञ्चालित सुनौलो बिहानी लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्रको आयोजनामा भरतपुरका २९ वटै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन हुनेछ ।
अभियान उद्घाटनका क्रममा नेकपाका जिल्ला नेता खोमकान्त रेग्मी, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधान, जिल्ला जनस्वास्थ्य कार्यालयका अनुप अधिकारी, रिकभरी अफ नेपाल महासंघ चितवनका अध्यक्ष ज्ञानुजंग लामालगायतले लागूऔषध दुव्र्यसनको अन्त्यका लागि घरघरबाट अभियान थाल्नुपर्ने बताएका थिए । सन्देश फाउन्डेसन नेपालकी संरक्षक ज्ञानु बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top