Chitwan Post Epaper
समाचार

कालिकामा कानुनी साक्षरता अनुशिक्षण सुरू

पदमपुर । कालिका नगरपालिकाका महिला जनप्रतिनिधि तथा अगुवा महिलाहरुका लागि संवैधानिक तथा कानुनी व्यवस्थासम्बन्धी तीनदिने अनुशिक्षण कार्यक्रम शुक्रबारबाट सुरू भएको छ ।
कालिका नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगर कार्यपालिकाका महिला सदस्य, वडा सदस्य एवम् ११ वटै वडाका अगुवा महिलासहित ४५ जनाको सहभागिता रहेको छ । अनुशिक्षणमा अधिवक्ताहरु बलराम पौडेल, पासाङ लामा र रामचन्द्र देवकोटाले सहजीकरण गर्नेछन् ।
कार्यक्रम संयोजक दुर्गा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराईले नगर र वडाभित्र न्यायसम्पादन गर्न महिलाहरुको मह¤वपूर्ण भूमिका हुने बताइन् । अधिकांश आपराधिक घटनाहरु महिलासँग जोडिने भएकाले नगरका विभिन्न तहमा निर्वाचित महिला जनप्रतिनिधि र अगुवा महिलाले नेपालको संविधान र यसले निर्दिष्ट गरेका अधिकारहरु जान्न जरूरी रहेको बताइन् । महिलाहरुमा कानुनी अध्ययन भएमा न्यायसम्पादनमा समेत सहज हुने उनले बताइन् ।
कार्यक्रमका विशिष्ट अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, वडा नं ४ का वडा अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कार्यपालिका सदस्य फूलकुमारी चौधरी, वडा सदस्य शान्ति महतोलगायतले कार्यक्रममा आफ्नो भनाइ राखेका थिए ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top