Chitwan Post Epaper
साहित्य

तरङ्ग

– डिडी शर्मा
देवेन्द्र लम्साल तपाईंलाई
सम्झिरहेछु मन चित्त पाई
ज्याग्दी तरङ्गित भयो मलाई
कोरुँ त्यसैको रुप रंग ल्याई

यो ज्याग्दीको मोहनीले मलाई
पागल बनायो मन यो भुलाई
वारि र पारि घर खेत बारी
हरा वनैको उपमा उतारी

म ज्याग्दीको छालसँगै बगेर
राम्दी रिडीघाटतिरै पुगेर
बोलाऊँला ती नवराजलाई
लगाऊँला गाउन त्यो सिलाई

आदित्यले मान मलाई तान्यो
मुसुक्क हाँसीकन मित्र ठान्यो
जोड्यो कला जिन्दगीका किनार
बग्दै सुसाएँ ध्वनि बारबार

त्यहाँपछि रामजी द्वन्द्ववादका
प्रवर्गको वर्णन गर्न थाल्नुभो
विशेष सामान्य र सार रुप
फुलाउने कारण कार्य सीप

यो वर्ग आकस्मिक अनिवार्य
सम्भावनाको अनि वास्तविकको
छन् ज्ञान औ यी व्यवहार भार
रामराजका हुन् पद पुष्पहार

हो माक्र्सवाद प्रतिवादभित्रको
डाक्टर रविलालऽधिकारी मित्रको
गर्दै समीक्षा गुणदोष कर्मको
हाने मट्याङ्ग्रो मुटु छेडी मर्मको

त्यही महेश्वरजीलाई लाग्यो
लाग्यो र यौटा नव ज्ञान जाग्यो
अज्ञान जान्नु पनि ज्ञान नै हो
सन्न्यास भन्नु पनि त्याग नै हो

चिन्ताग्निमा चिन्तु गिरी जलेर
नेपालको राजनीति बुझेर
निरास बन्दै अझ भन्दछन् ती
मुन्द्रेहरुको टिकला र यो जुनी ।

(भमनपा–६, पारसनगर)

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top