Chitwan Post Epaper
समाचार

कार्यदल गठन

रत्ननगर । सामुदायिक सेवा केन्द्र रत्ननगरले बालश्रमिकका लागि सञ्चालन गरेको खेल्दै सिक्दै केन्द्रको कार्ययोजना तथा बजेट तयार पार्न कार्यदल गठन गरेको छ ।
रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । श्रमिक बालबालिकालाई वैकल्पिक शिक्षा प्रदान गर्न सञ्चालित केन्द्रको थप व्यवस्थापनका लागि कार्यदल बनाइएको संयोजक पार्वती न्यौपानेले जानकारी दिइन् ।
कार्यदलको सदस्यसचिवमा सेवा केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारी, सदस्यहरुमा केशव आचार्य, तिलक शर्मा पौडेल, राजेन्द्र बराल, पार्वती न्यौपाने, श्याम बराल, धर्मराज अधिकारी, बाबुराम गौतम, राजाराम रेग्मी, युनिक ढकाल र संगीता खनाल रहेका छन् ।
सामुदायिक सेवा केन्द्र र समुन्नत नेपालले आयोजना गरेको कार्यशाला गोष्ठीको अन्तिम दिन बुधबार कार्यदलसमेत गठन गरिएको हो ।
कार्यक्रममा केन्द्रकी कक्षा परिचालक संगीता खनालले श्रमिक बालबालिकालाई प्रदान गरिएको वैकल्पिक शिक्षा र भएका उपलब्धिका बारेमा प्रकाश पारेकी थिइन् । सेवा केन्द्रद्वारा सञ्चालित खेल्दै सिक्दै केन्द्रमा हाल ३८ जना बालश्रमिकले वैकल्पिक शिक्षा लिइरहेका छन् । केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top