Chitwan Post Epaper
शिक्षा

एईसीसीको शैक्षिक मेला

भरतपुर । एईसीसी ग्लोबलले बुधबार भरतपुरमा एकदिने शैक्षिक मेला गरेको छ । मेलामा करिब ५०० विद्यार्थीले सहभागिता जनाएका थिए । मेलामा अस्ट्रेलियाका १५ वटा विश्वविद्यालयबाट परामर्शदाताहरु चितवन आएका थिए ।
विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अस्ट्रेलिया जानुपूर्व पूर्ण जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको एईसीसी ग्लोबल प्रमुख सचिन उपाध्यायले बताए । १२ कक्षाको परीक्षा दिएर बसेका र स्नातक तह पढ्दै गरेका विद्यार्थीहरु मेलामा उपस्थित भएर अस्टे«लियाका विश्वविद्यालयहरुका बारेमा ज्ञान लिएका थिए ।
कार्यक्रममा विद्यार्थी र उनका अभिभावकले प्रत्यक्षरुपमा विश्वविद्यालयका प्रतिनिधिहरुसँग कोर्स, शुल्क एवम् छात्रवृत्तिसम्बन्धी आफ्ना जिज्ञासाहरु राख्ने अवसर प्राप्त गरेका थिए ।
बैँकहरुले कार्यक्रममा उपस्थित सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गरे । कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालको पनि सहभागिता रहेको थियो ।
‘विद्यार्थीहरु विश्वविद्यालयसम्म पुग्न नसक्ने अवस्थामा हामीले विश्वविद्यालयलाई नै विद्यार्थीसामु ल्याउने सक्दो प्रयास गरेका र्छौँ’, एईसीसी ग्लोबलका डेस्टिनेसन हेड शैलेशकुमार झाले भने ।
सन् २००८ मा मेलवर्नमा स्थापित एईसीसी ग्लोबल ९ देश र २६ सहरमा सञ्चालित छ । प्रधान कार्यालय मेलवर्न अस्ट्रेलियामा रहेको एईसीसीले न्युजिल्यान्ड, क्यानडा, यूएसए र यूकेका लागिसमेत शैक्षिक परामर्श प्रदान गर्दछ ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top