Chitwan Post Epaper
राजनीति

‘प्रदेशको कानुन संविधानविपरीत हु“दैन’

हेटौँडा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशको कानुन संविधानविपरीत नहुने बताएका छन् ।
बुधबार हेटौँडामा आयोजित कैदीबन्दीहरुको नीतिगत सुधारसम्बन्धी गोष्ठीमा मन्त्री कट्टेलले प्रदेशको कानुन संविधानविपरीत भएमा संविधानअनुसारको संघीयता नआउने बताएका हुन् ।
गोष्ठीमा विषय विज्ञका रुपमा कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारी, विषय विज्ञ न्यायाधीश प्रकाश उप्रेती, कृष्णचन्द्र घिमिरे तथा एचआई नेपालका कार्यक्रम व्यवस्थापक शिव आचार्यलगायतले कैदीबन्दीहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृष्णचन्द्र घिमिरेले तेस्रो लिंगीलाई कसरी कैदीबन्दीका रुपमा लिने भन्ने समस्या रहेको बताएका थिए ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top