Chitwan Post Epaper
राजनीति

प्रदेशको राजधानी सहमतिमा टुङ्ग्याउनुस् : ओली

अमृत चिमरिया
हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको राजधानी सहमतिको आधारमा टुङ्ग्याउनु पर्ने बताएका छन् ।
सोमबार ३ नम्बर प्रदेशको प्रदेशसभामा सम्बोधन गर्र्दै प्रधानमन्त्री ओलीले राजधानीको बारेमा संविधानअनुसार सम्पूर्ण अधिकार प्रदेशसभालाई भए पनि राजधानी र प्रदेशको नामाकरणको विषयमा अनावश्यक विवाद गर्न नहुने बताएका हुन् ।
प्रदेशसभामा ओलीले प्रदेश सदस्यहरु तथा सबैको लागि तीन तहको सरकार नया“ अभ्यास रहेको बताउ“दै सार्वभौमसत्ता जनतामा रहेको संघीयतासहितको गणतान्त्रिक देशमा जनप्रतिनिधिहरुको उत्तरदायित्व र प्रभाव बढ्दै जानुपर्ने बताए ।
पहिलेको राजनीतिक लोकतन्त्र र अहिलेको लोकतन्त्र फरक भएको भन्दै उनले यस्तो अवस्थामा स्थिर सरकार अनुकूल परिस्थिति रहेको अब सबैको जीवनस्तरमा परिर्वतन ल्याएर लोकतन्त्रको अनुभव दिलाउनपर्ने बताए । सम्बोधनकै क्रममा ओलीले अबको १५ वर्षभित्रमा नेपालमा कसैले मागेर खाएको देख्न नपर्नेसमेत प्रधानमन्त्रीले दाबी गरेका हुन् । विभिन्न कारणले रोकिएको जनता आवास कार्यक्रम नया“ ढंगले पुनः सञ्चालन हुने उनले तर्क गरे ।
ओलीले लगानी तथा नया“ उद्योग स्थापना र पुराना उद्योग चलाउन निजी क्षेत्रलाई पनि सहभागी गराउने बताएका छन् । उनले हेटौँडाको कपडा कारखाना सञ्चालन गर्ने बताउ“दै हेटौँडा कपडा उद्योग चलाउनको लागि आवश्यक नया“ मेसिन ल्याइने बताए ।
सरकारी उद्योगमा निजी क्षेत्रको लगानी बढाउनुपर्ने कारणबारे उनले भने ‘उद्योग सरकारले मात्र चलाउ“दा घा“स हाल्ने कोही हु“दैन, दूध खानेमात्र हुन्छन् ।’
प्रधानमन्त्री ओलीले भारत निकट भएको आरोपको खण्डन गर्दै छिमेकीस“ग सम्बन्ध सुमधुर भएको र सम्बन्ध पुनःस्थापित भएको बताए । सम्बन्ध स्वाभिमानसहित प्रगाढ बनाएको बताए ।
उनले काम नगर्ने ठेकेदार र सबै सिन्डिकेट अन्त्य गर्न सरकार लागेको बताए । उनले आफ्नो सरकारको आक्रमण राज्यकोष दुरूपयोग र जनतालाई ठग्नेप्रति भएको स्पष्ट पारे ।
उनले स्थानीय तह र प्रदेश सरकार छुट्टै सरकार नभई विकासका लागि संघीय सरकार अन्तर्गतकै संरचना भएको बताए । उनले अबको समय विकासको समय भएकाले सबैखाले हिंसात्मक आन्दोलन ल्याग्न सुझाव दिए ।
छुट्टै मधेसजस्ता गतिविधिलाई आपराधिक गतिविधिको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले यस्ता कार्य सरकारलाई स्वीकार्य नहुने बताए । उनले शान्तिपूर्ण वार्तामार्फत् समस्या समाधानका लागि आह्वानसमेत गरे । ओलीले उत्पादन र रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकारले कार्य अघि बढाएको भन्दै आयात न्यूनीकरण गर्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।
प्रदेशसभामा दुई घण्टा लामो सम्बोधन गरेका ओलीले ३ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयको अवलोकन गरेर प्रदेशका मन्त्रीहरुसँग भेटघाट गरेका थिए । उनले सोमबार नै नेकपा मकवानपुरको संयुक्त अगुवा कार्यकर्ता भेलालाई पनि सम्बोधन गरेका थिए ।

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top