Chitwan Post Epaper
राजनीति

जनगणतान्त्रिक मोर्चाको ४० सुत्रीय माग पेस

भरतपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल भरतपुर महानगर समितिले भरतपुर महानगरपालिकालाई ४० सुत्रीय माग पेस गरेको छ ।
बुधबार महानगरपालिकाकी मेयर रेनु दाहाललाई मोर्चाको एक टोलीले ज्ञापनपत्र बुझाएको हो । मोर्चाका तर्फबाट महानगर समिति संयोजक बाबुराम प्यासी परियारले ज्ञापनपत्र बुझाएका हुन् ।
जनजीविकाका मुख्य मुद्दालाई केन्द्रमा राखेर ज्ञापनपत्र बुझाइएको परियारले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्यो, जनताले प्रत्यक्ष देखिने काम हुन सकेका छैनन्’ उनले भने, ‘ढाड सेक्ने गरी कर बढाएर हुदैन । सो अनुसार विकास निर्माणले गति लिन सक्नुपर्छ ।’ मजदुरको सुरक्षाकोषको व्यवस्था गर्नुपर्ने, बिचौलिया प्रथा हटाएर प्रत्यक्ष रोजगार प्रणाली कायम गर्नुपर्ने, भूउपयोग नीति कार्यान्वयन गरिनुपर्ने, भूमिहीनलाई जग्गा उपलब्ध गराइनुपर्ने, महानगरमा मजदुर न्यायिक डेस्क स्थापना गर्नुपर्ने माग उल्लेख गरिएको छ ।
महानगरको कृषि नीति बनाउनुपर्ने, कृषिजन्य वस्तुको उचित मूल्य निर्धारण गर्नुपर्ने, गुणस्तरहीन खाद्य तथा पेय पदार्थको उत्पादन तथा बिक्री वितरणमा रोक लगाउनुपर्ने, युवालाई बेरोजगार भत्ता दिनुपर्ने, निजी स्कुल, कलेजलाई सरकारीकरण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मेयर रेनु दाहालले मागका विषयलाई गम्भीररुपमा लिएको बताइन् । ‘समग्र महानगरको हितका पक्षमा माग पेस भएको अनुभूति गरेको छु’, उनले भनिन्, ‘तत्काल पूरा गर्न नसके पनि आगामी दिनमा मागका सवालमाथि सम्बोधन हुनेछ ।’

 

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top