Chitwan Post Epaper
राजनीति

नेकपाको केन्द्रीय सदस्यमा चितवनबाट १७ जना

दिपेन्द्र अधिकारी
भरतपुर । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा चितवनबाट १७ जना परेका छन् ।
तत्कालीन एमालेबाट ६ जना र माओवादी केन्द्रबाट ११ जना रहेका छन् । कूल ४४१ सदस्यमा एमालेबाट २४१ र माओवादीबाट २०० जना हुने गरी केन्द्रीय सदस्य बनाउने निर्णय भएको थियो । १७ जनामा चार जना महिला सदस्य रहेका छन् ।
नेकपाका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि २ पटक प्रधानमन्त्री भइसकेका छन् । गत मंसिरमा भएको चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । नेकपाका सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल चितवनबासी हुन् । उनी राष्ट्रिय सभाका सदस्यसमेत हुन् ।
चितवन क्षेत्र नम्बर १ बाट विजयी तत्कालीन एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य भएका छन् । उनी पूर्वअर्थमन्त्रीसमेत हुन् । तत्कालीन एमालेबाट नेकपाको केन्द्रीय सदस्य हुनेहरुमा काशीनाथ अधिकारी, केशवलाल श्रेष्ठ, कृष्ण खनाल, देवी ज्ञवाली, सीता पौडेल रहेका छन् । केशवलाल श्रेष्ठ तत्कालीन एमाले सम्वद्ध किसान महासंघको सहअध्यक्ष हुन् ।
त्यस्तै, देवी ज्ञवाली एमालेका पूर्वकेन्द्रीय सदस्य हुन् । यसअघि भरतपुर महानगरको मेयर पदमा उनी तत्कालीन एमालेबाट उम्मेदवार बनेका थिए । खनाल, पौडेल विघटन हुनु अघिका केन्द्रीय सदस्य हुन् ।
नारायण दाहाल तत्कालीन माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य रहेका थिए । नेकपाका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख राजनीतिक सल्लाहकार हुन् । डीआर पौडेल पार्टीका केन्द्रीय सदस्य र पूर्वशिक्षा मन्त्रीसमेत हुन् । सन्तु दराइ यसअघि माओवादी केन्द्रबाट समानुपातिक सांसद थिए । नेकपाकी केन्द्रीय सदस्य रेनु दाहाल भरतपुर महानगरपालिकाकी मेयरसमेत हुन् । यसअघि पनि उनी पार्टीको केन्द्रीय सदस्य थिइन् ।
तत्कालीन माओवादी केन्द्र चितवनका इन्चार्ज र सचिवालय सदस्यसमेत रहका ईश्वरी भट्टराई नेकपाको केन्द्रीय सदस्य भएका छन् । हालका केन्द्रीय सदस्य ज्ञानु बस्नेत र गंगा बेल्वासे पनि यसअघिका केन्द्रीय सदस्य हुन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अमिक शेरचन नेकपाको स्थायी आमन्त्रित केन्द्रीय सदस्य हुन् ।
यसअघि चितवनकै साध्यबहादुर भण्डारीको नाम केन्द्रीय सदस्यमा रहेको प्रचार भएको थियो । तर, अन्तिम नामावलीमा भण्डारीको नाम छैन । उनी गत मंसिर महिनामा जनमोर्चाबाट एमाले प्रवेश गरेका थिए ।
तत्कालीन एमाले
१) सुरेन्द्र पाण्डे
२) केशवलाल श्रेष्ठ
३) काशिनाथ अधिकारी
४) कृष्ण खनाल
५) देवी ज्ञवाली
६) सीता पौडेल

तत्कालीन माओवादी केन्द्र
१) पुष्पकमल दाहाल प्रचण्ड
२) रामबहादुर थापा बादल
३) नारायण दाहाल
४) सुर्य सुवेदी पथिक
५) डि आर पौडेल
६) सन्तु दराइ
७) रेणु दाहाल
८) ईश्वरी भट्टराई
९) ज्ञानु बस्नेत
१०) गंगा बेलवासे
११) अमिक शेरचन

ज्ञवाली र दाहाल एकै ठाउँ
०७४ वैशाख ३१ गतेको स्थानीय निकायको चुनावमा भरतपुर महानगरको मेयर पदका प्रतिस्पर्धी रहेका तत्कालीन नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य देवी ज्ञवाली र तत्कालीन माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेनु दाहाल । दुवै जना फरक पार्टीबाट उम्मेदवार भएका थिए । तर, पार्टी एकतापछि ज्ञवाली र दाहाल पार्टी जिम्मेवारीमा समान हैसियतमा पुगेका छन् । उनीहरु दुबै हालै गठित नेकपाको केन्द्रीय सदस्य भएका छन् ।

 

Comments

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top