Chitwan Post Epaper
विश्व

विश्वको पहिलो टेस्ट ट्युब बर्गर लन्डनमा प्रयोग

लन्डन (बेलायत), २१ साउन । वैज्ञानिकहरूले सोमबार पहिलोपटक प्रयोगशालामा हुर्काइएको मासुको बर्गर सार्वजनिक गरेका छन् । यसलाई लन्डनमा स्वयंसेवीहरूलाई खानका लागि उपलब्ध गराइएको छ र यसबाट खाना उत्पादनमा क्रान्ति आउनसक्ने अनुमान गरिएको छ । एकसय ४० ग्रामको यस खानाको मूल्य हाल तीन लाख ३० हजार अमेरिकी डलर रहेको छ । यो मासु प्रयोगशालामा हुर्काउन एउटा जीवित गाईको कोष लिइएको थियो ।

उक्त मासुलाई स्वादिलो बनाउन नुन, फूलको धुलो तथा रोटीको धुलो राखिएको थियो र त्यसलाई रातो गान्टेमुलाको रस तथा केसर राखी रातो बनाइएको थियो । अनुसन्धानकर्ताहरूले यसको स्वाद सामान्य बर्गरजस्तै हुने बताएका छन् । नेदरल्यान्ड्सको मास्ट्रिक विश्वविद्यालयका प्राध्यापक मार्क पोस्टको अनुसन्धानशालामा यो मासुको विकास भएको हो र उहाँले यो सुरक्षित रहेको बताउनुभयो । उहाँले यसले आउँदा दिनमा लाखौँ जनताको खानामा मासुको स्थान प्राप्त गर्ने बताउनुभयो ।

उहाँले एक टीभी स्टुडियोमा आयोजित पत्रकार सम्मेलनमा एक धातुले ढकनीले ढाकेको प्लेट ल्याउनुभएको थियो । उक्त कार्यक्रममा उक्त खाना अमेरिकाका खानासम्बन्धी लेखक जोस स्कोनवाल्ड तथा अस्ट्रेलियाका खानासम्बन्धी अनुसन्धानकर्ता हानी रुएज्लरलाई उपलब्ध गराइएको थियो । उहाँले उक्त खाना खाएपछि यो बढी नरम हुने र त्यसमा बोसो नहुने धारणा राखिएको बताउनुभयो । उहाँले यो मासुजस्तै भएको उल्लेख गर्नुभयो । गुगलका सहसंस्थापक सेर्गेइ ब्रिनले यस परियोजनामा लगानी गरेको यस पत्रकार सम्मेलनमा बताइयो ।
मास्ट्रिकका एक समूहले गाईको उक्त कोषलाई मासुमा परिणत हुन पोषणको घोलमा राखिदिएका थिए । यसपछि उक्त कोष बर्गर बन्न लायक मासुमा परिणत भएको थियो । हाल यस प्रकारको मासु उत्पादन गर्न निकै महङ्गो भए पनि आउँदो १० देखि २० वर्षमा यस्तो मासु बजारमा उपलब्ध हुने उनीहरूले धारणा राखेका छन् । हाल जनावरको कल्याणका साथै वातावरण तथा सार्वजनिक स्वास्थ्यका विषयमा निकै वकालत भएको अवस्थामा टेस्ट ट्युब मासुको अवधारणा अगाडि आएको हो ।
प्रयोगशालामा सिर्जना गरिएका मासुमा सैद्धान्कि रूपमा कुनै जोखिम तथा रोग नहुने अपेक्षा गरिएको छ र यसमा एन्टिबायोटिक्सबाट उपचार पनि गर्नुनपर्ने अपेक्षा गरिएको छ ।
जनावरको अधिकारका विषयमा वकालत गर्ने संस्था पेटाले अमेरिकामा पक्षी प्रजातिको शरीर बाहिर उनीहरूको मासु उत्पादन गरी बजारमा ल्याउने सफल प्रयोगशालालाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । यस संस्थाले यस प्रकारको मासु विकास गर्न कोष उपलब्ध गराउँदै आएको छ ।
कार्डिफ विश्वविद्यालयका समाजशास्त्री डा निल स्टिफन्सले पनि यस प्रकारको टेस्ट ट्युब मासुका विषयमा अध्ययन गर्नुभएको छ र उहाँले यस परियोजनाले पनि विवाद सिर्जना गर्ने दाबी गर्नुभएको छ । उहाँले यस प्रकारको अनुसन्धानमा हाल नेदरल्यान्ड्स तथा उत्तर अमेरिकामा ५० व्यक्ति संलग्न भएको उल्लेख गर्नुभयो । रासस÷एएफपी

Comments
Click to comment

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

धेरै पटक हेरिएको

Chitwan Post Epaper

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स:  ०५६-५७११२०

इमेल: postchitwan@gmail.com

Chitwan Post Epaper
AmazingCounters.com

© २०१०-२०१८ चितवन पोष्ट - दैनिक समाचारपत्र | सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक

To Top