गृह » स्वीस पर्यटक बलात्कार गर्ने छ जनालाई जन्मकैँदको सजाय
विश्व

स्वीस पर्यटक बलात्कार गर्ने छ जनालाई जन्मकैँदको सजाय

नयाँ दिल्ली, ६ साउन । भारतमा दुई महिनाअघि एकजना स्वीस महिलालाई बलात्कार गर्ने छ भारतीयलाई जन्मकैँदको सजाय सुनाइएको छ । नयाँ दिल्लीको केन्द्रीय अदालतले सो फैसला शनिबार सुनाएको हो । ३० वर्षीय स्वीस महिलालाई छ जना भारतीय युवाले सामुहिक बलात्कार गरेका थिए ।

ती सबै छ जनालाई जन्मकैँदको फैसाला सुनाइएको छ । उनीहरुलाई पक्राउ गरी नियन्त्रणमा राखिएको थियो । ती छ जनाले स्वीस महिलालाई बलात्कार गरी लुटपाट पनि गरेका थिए । उक्त फैसला पछि सरकारी वकिल राजेन्द्र तिवारीले भने– राम्रो पैmसला सुनाइएको छ, हामीलाई चित्त बुझेको छ ।

भारतमा यसअघि पनि एक स्कुले विद्यार्थीलाई सामुहिक बलात्कार गरिएको मुद्दामा अदालतले कडा सजाय सुनाएको थियो । एएफपी

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment