गृह » बेइजिङ विमानस्थलमा बम विस्फोट
विश्व

बेइजिङ विमानस्थलमा बम विस्फोट

बेइजिङ, ५ साउन । चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक घरायसी बम विस्फोट गराइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

एकजना ह्वील चियरमा आएका चिनियाँ नागरिकले उक्त विमानस्थलको आगमन मार्गमा उक्त बिस्फोटक पदार्थ फालेका बताइएको छ । तर सो विस्फोटबाट खासै क्षति भने नभएको पनि समाचारमा जनाइएको छ । उनी आफै घाइते भएको तर अन्यत्र खासै क्षति नभएको अधिकारीहरुले जनाएका छन् ।

उनको परिचय सार्वजनिक गरिएको छैन तर उनी चिनियाँ नागरिक नै भएको बताइएको छ । उनले घरैमा बनाइएको विस्फोटक पदार्थ बोकेर गएका र विमानस्थलको आगमन मार्गमा पुगेर विस्फोट गराएका थिए ।

हाल उनलाई उपचारार्थ अस्पताल पु¥याइएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । यस विषयमा उक्त विमानस्थलका अधिकारी र प्रहरीले कुनै प्रतिक्रिया दिन नमानेका पनि चीनको बेइजिङ् शहरबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उक्त मार्ग वरिपरि सेतो धुवाँ उडेको र त्यहाँका नागरिकहरु यत्रतत्र दौडिरहेका तस्वीरहरु सिन्ह्वाको वेभसाइटमा राखिएको छ । तर त्यो विस्फोटका कारण कुनैपनि उडानहरु प्रभावित वा ढिला नभएका विमानस्थल अधिकारीहरुले जनाएका पनि समाचारमा उल्लेख छ । रासस÷एएफपी

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment