गृह » क्यानाडामा भएको रेल दुर्घटनामा ४७ को मृत्यु
विश्व

क्यानाडामा भएको रेल दुर्घटनामा ४७ को मृत्यु

ओटावा, ५ साउन । क्यानाडामा दुइ हप्ता अघि भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ । क्यानाडाको प्रहरीले आज सो जानकारी दिएको हो ।

यसअघि सो रेल दुर्घटनामा परी ४२ जनाको ज्यान गएको थियो । तर त्यसमा परी घाइते भएकामध्ये शनिबारसम्ममा थप पाँचको मृत्यु भएको हो ।

यही जुलाईको छ तारिखमा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी केही व्यक्ति हराएका थिए । अरु केही अझै घाइते रहेका बताइएको छ । एएफपी

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment