गृह » इन्डोनेसियाको पहिरोमा परी १९ को मृत्यु
विश्व

इन्डोनेसियाको पहिरोमा परी १९ को मृत्यु

    जकार्ता । इन्डोनेसियाको प्रमुख द्वीप जाभामा भारी वर्षापछि आएको पहिरोहरुमा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको समाचार छ । सो पहिरोमा अन्य १० जना बेपत्ता भएको समेत सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
पूर्वी जाभाद्वीपको जोम्वाङ्ग जिल्लास्थित पहाडी इलाकामा भारी वर्षापछि आएको पहिरोमा पाँचवटा घर पुरिएको राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन र न्यूनीकरण निकायका प्रवक्ता सुतोपो पुर्वो नुङ्रोहोले बताएका छन् ।
स्थानीय समयअनुसार मङ्गलबार बिहान १.३० बजे पहिरो गएको स्थानीय दैवी प्रकोप निकायका अधिकारी पुट्रा आनुगेराहले बताएका छन् । पहिरो प्रभावित क्षेत्रबाट १९ वटा शव निकालेको र अझै १० व्यक्ति बेपत्ता रहेका नुङ्रोहोले थप जानकारी दिएका छन् ।
पहिरोबाट पाँचवटा घर पूरै ध्वस्त भएको जनाइएको छ । सैनिक र स्थानीय समुदायका सदस्यहरुको सहयोगमा बेपत्ता व्यक्तिको खोजीकार्य भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस÷एपी

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment