गृह » विस्तृत राष्ट्रियवार्ताका लागि आह्वान्
विश्व

विस्तृत राष्ट्रियवार्ताका लागि आह्वान्

   खार्तुम । सुडानका राष्ट्रपति ओमार अल बसिरले देशका सबै राजनीतिक शक्तिलाई राष्ट्रियवार्ताको लागि आह्वान् गर्नुभएको छ । हाल सुडानले राजनीतिक तथा आर्थिक मामलामा द्वन्द्वको सामना गरिरहेको छ  ।
राजनीतिक नेताहरुलाई सम्बोधन गर्दै हाल सत्तामा रहेका नेसनल कांग्रेस पार्टी (एनसीपी) ले प्रस्तुत गरेको विस्तृत सुधार योजनाको  पनि राष्ट्रपतिले घोषणा गर्नुभएको छ ।
दक्षिण सुडान र मूल सुडान भूमि भागबन्डा गर्नुको सट्टा दुवै सुडानमा समग्र विकास हुने योजनाको खाँचो परेको राष्ट्रपति बसिरले जनाउनुभयो । दक्षिण सुडानका जनताले पनि विभक्त मानसिकतालाई त्यागी दुवै सुडान एकै भन्ने राष्ट्रिय भावना राख्नुपर्ने बताउनुभयो ।
एनसीपीले प्रस्तुत गरेको सुधार योजनामा संवैधानिक अधिकारको सुनिश्चितता आर्थिक विकासको पुनः सुदृढीकरण र राष्ट्रिय पहिचानको सशक्तीकरणजस्ता प्रमुख एजेन्डा पर्दछन् ।
राष्ट्रपति अल बसिरको सम्बोधन कार्यक्रममा सुडानका सबैजसो विपक्षी नेताहरु उपस्थित थिए । एउटा पार्टी नेसनल अलायन्सले मात्र उक्त राजनीतिक वार्तामा भाग लिएको थिएन ।
यस पार्टीले हालको सरकार भङ्ग गरी स्वतन्त्र, निष्पक्ष निर्वाचित सरकार गठन हुनुपर्ने माग गर्दै आएको छ । रासस÷सिन्ह्वा

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment