गृह » निकुञ्जमा गंैडा म¥यो 
समाचार समाज

निकुञ्जमा गंैडा म¥यो 

रत्ननगर । चितवन निकुञ्जमा कालगतिले एउटा गैंडा मरेको छ ।
मंगलबार बिहान निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत ढुंग्रेखोलामा अन्दाजी ३५ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको सौराहा सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकलले जानकारी दिए । गैंडा कालगतिले मरेको निकुञ्जको भनाइ छ । गैंडाको सरदर आयु ३५ वर्षदेखि ४० वर्ष रहेको र मंगलबार मृत फेला परेको गैंडा कालगतिले मरेको सहायक संरक्षण अधिकृत पाठकले बताए । मृत गैंडाको शरीरमा कुनै प्रकारको चोट नरहेको उनले जानकारी दिए । चितवन निकुञ्जमा पछिल्लो समय दुर्लभ एक सिंगै गैंडा र पाटेबाघ एक अर्कामा जुधेर मर्ने क्रम बढेको छ । पछिल्लो गणना अनुसार चितवन निकुञ्जमा ६०५ वटा गैंडा रहेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट