गृह » माडीको विविधता क्यानभासमा उतारिँदै 
समाचार समाज

माडीको विविधता क्यानभासमा उतारिँदै 

–तुलमान गुरूङ
माडी । प्रचारप्रसार अभावले माडी क्षेत्रमा रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्र पनि ओझेलमा परेको भन्दै सोमबार र मंगलबार माडीमा दुईदिने चित्रकला गोष्ठी गरिएको छ ।
देशभरका विभिन्न जिल्लाका १४ जना कलाकारले दुई दिनसम्म माडीका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई क्यानभासमा उतारे । ‘सबै हिसाबले माडी क्षेत्र ओझेलमा परेकोले यहाँको धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई विश्वसामु चिनाएर माडीमा पर्यटक भिœयाउने हाम्रो लक्ष्य हो,’ पर्यटन विकास समिति माडीका अध्यक्ष नारायण पौडेलले भने ।
दुईदिने कार्यशालाले माडीको पर्यटन विकासमा मह¤वपूर्ण भूमिका खेल्ने समितिले विश्वास लिएको छ ।
माडीका प्रसिद्ध क्षेत्रहरू गोद्धक, सोमेश्वरगढी र बैकुण्ठ ताललगायतका क्षेत्रमा चित्रकारहरूले स्थलगत अवलोकन गरेर उक्त दृश्यलाई क्यानभासमा उतारिएको अध्यक्ष पौडेलले बताए । चित्रकारहरूले माडीको स्थानीय रहनसहन, संस्कृतिलगायतलाई पनि क्यानभासमा उतारेका छन् । पहिलो पटक माडी पुगेका भक्तपुरका चित्रकार दीपेन्द्र बनेपालीले माडीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके माडी बास्तवमै मणि हुने बताए । ‘चितवन राष्ट्रिय निकुञ्जलाई मात्रै दोष दिनुभन्दा यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार गरे माडी बास्तवमै मणि बन्न सक्छ,’ उनले भने, ‘यसको लागि स्थानीय सरकार, स्थानीय तथा सञ्चार माध्यमको भूमिका मह¤वपूर्ण हुन्छ ।’ चितवन आउने पर्यटकमध्ये जम्मा १० प्रतिशतलाई मात्रै माडी प्रवेश गर्ने वातावरण मिलाउन सके पनि माडीको विकास धेरै माथि पुग्ने उनको भनाइ छ ।
माडीका स्थानीय बजार केन्द्रित भइदिँदा पनि यहाँका क्षेत्र ओझेलमा परेको हो । प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, सामाजिक रहनसहन, स्वागत सत्कारलगायत हरेक हिसाबले धेरै अगाडि रहेको अर्का चित्रकार प्रकाश थापा ‘प्रथा’ले बताए । ‘यहाँको वातावरणले मलाई त यहीँ आएर बसौँ बसौँ जस्तो लागिसक्यो,’ उनले भने, ‘यस्तो राम्रो ठाउँ छाडेर यहाँका मान्छे किन सुगम क्षेत्रमा जान्छन् भन्ने पो लाग्यो ।’ माडीलाई बाढी नियन्त्रण मात्रै गर्न सक्ने हो भने यहाँ कुनै कुराको पनि असुविधा नहुने उनको तर्क थियो ।

Comments

About the author

चितवन पोष्ट