गृह » वैशाखमा ९ जनाको मृत्यु
समाचार समाज

वैशाखमा ९ जनाको मृत्यु

भरतपुर । वैशाख महिनामा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् ।
कूल २८ दुर्घटनामा ७४ जना घाइते भएको चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । चालु आर्थिक वर्षमा १०६ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका छन् ।
मापसे कारबाही संख्या वैशाख महिनामा ७८ वटा रहेको छ । वैशाख महिनामा मात्रै ३२ लाख ८७ हजार राजस्व संकलन भएको प्रहरी निरीक्षक पन्तले बताए । यस आर्थिक वर्षमा कूल दुई करोड ५७ लाख ३८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । वैशाख महिनामा चार हजार ५५० वटा सवारी ट्राफिक नियम उल्लंघन आरोपमा कारबाहीमा परेका छन् । त्यस्तै वैशाख महिनामा पनि जिल्लामा ट्राफिक सचेतनाका विभिन्न गतिविधिहरु सञ्चालन गरिएको प्रहरी निरीक्षक पन्तले बताए ।

Comments

About the author

चितवन पोष्ट