गृह » सैनिक विद्यालयका बालकमाथि निर्घात कुटपिट
समाचार समाज

सैनिक विद्यालयका बालकमाथि निर्घात कुटपिट

खैरहनी । सैनिक आवासीय महाविद्यालय खैरहनीमा कक्षा ९ मा अध्ययनरत वर्ष १४ का श्रीनव लामिछानेमाथि होस्टलमै बस्ने अन्य तीन जना विद्यार्थीले निर्घात कुटपिट गरेका छन् ।
कुटपिटबाट घाइते बालकको दाहिने आँखा मुनिको हड्डी भाँचिएको छ । त्यस्तै शरीरका अन्य भागमा नीलडाम रहेको छ । गत शनिबार बिहान ३ बजेको समयमा उनीमाथि कुटपिट भएको पीडित बालककी आमा सृजना पौडेल लामिछानेले बताइन् । पिसाब फेर्न माथि जाउ भनी शौचालयमा लगेर कुटपिट गरेको बताइएको छ । आफूलाई मार्ने उद्देश्यले नै आक्रमण भएको बालक श्रीनवले बताए । घटनाको विषयमा अभिभावकले ढिलो थाहा पाएका थिए ।
विद्यालयमा कक्षा ९ मा अध्ययनरत क्रिश थापा, रिवाज रेग्मी र अनिश श्रेष्ठले कुटपिट गरेका हुन् । उनीहरुविरुद्ध बालककी आमा सृजनाले मंगलबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी छन् । घटनाको विषयमा विद्यालयका सहायक प्रधानध्यापक भविलाल न्यूरेसँग बुझ्न खोज्दा उनले फोन नै उठाएनन् । होस्टल भित्रै कुटपिटका घटना बढेपछि विद्यार्थी आतकिंत बनेका छन् ।

Comments

About the author

चितवन पोष्ट