गृह » लायन्स फ्रेन्ड्समा पौडेल
समाचार समाज

लायन्स फ्रेन्ड्समा पौडेल

भरतपुर । लायन्स क्लब अफ भरतपुर फ्रेन्ड्सको दोस्रो अधिवेशनले बद्री पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा अर्जुन रेग्मी, द्वितीय उपाध्यक्षमा विष्णुबहादुर बस्नेत, तृतीय उपाध्यक्षमा मुकेश अधिकारी, सचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा बालचन्द्र पोख्रेल रहेका छन् । समितिको मेम्बरसिप चेयर पर्सनमा समीर श्रेष्ठ, एलआईसी कोर्डिनेटरमा अनुप लुइँटेल, सेन्टिनियल कोर्डिनेटरमा राजेश शर्मा, पर्सनल रिलेसनसिप अफिसरमा सुरेश राउत, लाइन टेमरमा केशबबहादुर हमाल, डाइरेक्टरमा बसन्त सापकोटा, अजित कुँवर र अमृतसिंह भिके रहेका छन् । सर्भिस चियर पर्सनमा महेश पाण्डे र मार्केटिङ कम्युनिकेशन चियर पर्सनमा उपेन्द्र आचार्य रहेका छन् ।
अधिवेशनको प्रमुख अतिथिमा डिष्ट्रिक एडभाइजर तथा एक्सटेन्सन चियरमेन कमलप्रसाद श्रेष्ठ थिए । कार्यक्रम संस्थापक अध्यक्ष विजयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Comments

About the author

चितवन पोष्ट