गृह » लालबाबुको अभिव्यक्ति ठीक : उपेन्द्र यादव 
राजनीति

लालबाबुको अभिव्यक्ति ठीक : उपेन्द्र यादव 

भरतपुर । संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष केही दिनअघि जनकपुरमा बोलेको कुरा यथार्थ र सान्दर्भिक रहेको बताएका छन् ।
यादवले भने, ‘बरु प्रधानमन्त्री केपी ओलीले नै देशको अपमान गर्नुभएको छ, लालबाबुले जे भने ठीक भने ।’ राष्ट्रिय एकता सुदृढ गर्ने विषय बोलेको, मधेसीले भोगेको पीडा बोलेको भन्दै यादवले बौद्धिक वर्गले समेत राउतको प्रशंसा गरेको बताए ।
मुख्यमन्त्री राउतले नेपालको संविधान संशोधनको विषयमा मोदी समक्ष कुरा राखेका थिए । यस विषयमा आइतबार संसदमा बोल्दै प्रधानमन्त्री केपी ओलीले मुख्यमन्त्रीको प्रस्तुतिबारे खुलेर आलोचना गरेका थिए ।
संघीय समाजवादी फोरमको राजनीतिक अन्तक्र्रिया कार्यक्रममा सोमबार अध्यक्ष यादवले मुख्यमन्त्रीबारे प्रधानमन्त्री केपी ओलीले गरेको टिप्पणी तितो पोख्ने काम मात्र भएको बताएका छन् । साथै उनले नरेन्द्र मोदीको भ्रमणमा नेपाली सेनाले सुरक्षा दिन नसकेको जस्तो भएको बताए । भारतबाट थप सुरक्षा ल्याउनु गल्ती भएको उनको भनाइ थियो । साथै उनले सरकारले संविधान संशोधन गर्न तयार रहे आफ्नो पार्टी सरकारमा जान पनि तयार रहेको बताए । कार्यक्रममा केन्द्रीय अध्यक्ष यादवसहित अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट