गृह » जनमुक्ति पार्टी नवलपुरको अध्यक्षमा तिलबहादुर
राजनीति समाचार समाज

जनमुक्ति पार्टी नवलपुरको अध्यक्षमा तिलबहादुर

कावासोती । राष्ट्रिय जनमुक्ति पार्टी नवलपुरको शुक्रबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट तिलबहादुर झेँडी मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा गुनबहादुर बाचे मगर, उपाध्यक्षमा भुपालसिँ आले, महिला उपाध्यक्षमा पार्वती थापामगर निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ओमबहादुर थापा, उपसचिवमा तिलक थापा, संगठन सचिवमा शत्रुघन थापा, अर्थ सचिवमा बुद्धिबहादुर सारू निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा हेमबहादुर बाचे, नारायणबहादुर थापा, मनोज श्रेष्ठ, विष्णुमाया सुनार, जंगबहादुर चिडी, दलबहादुर हिस्की, धनकुमारी कानुङ, जगमाया राना, एकबहादुर लुंगेली र लालबहादुर लुंगेली निर्वाचित भएका छन् । कावासोतीको मनकामना सभाहलमा सम्पन्न अधिवेशनमा १८ जना कार्यसमिति सदस्यहरुको घोषणा भएको हो भने बाँकी सात सदस्यपछि थपिने नवचिर्वाचित अध्यक्ष झेँडीले जानकारी दिए ।
अधिवेशनको खुला सत्रमा अधिवेशन संयोजक गुनबहादुर बाचेको अध्यक्षता रहेको थियो भने संघीय परिषद् सदस्य नरबहादुर ठाडा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरबहादुर ठाडाले नवलपरासी जिल्ला दुई भागमा टुक्रेपछि बनेको पार्टीको नवलपुर जिल्ला समितिले जातीय, भौगोलिक र लैँगिक उत्पीडिनमा परेका समुदायलाई समेट्दै अघि बढ्ने विश्वास व्यक्त गरे । अधिवेशनमा जिल्लाभरका ५० जना प्रतिनिधि र ३० जना पर्यवेक्षकले सहभागिता जनाएका थिए ।

Comments

About the author

चितवन पोष्ट