गृह » १० मुक्तक
साहित्य

१० मुक्तक

पेशल आचार्य

– पेशल आचार्य

espeshal2023@gmail.com

 

१) पुरूष

एक थान सूर्य

फेवातालमा

वर्षौंदेखि

पौरी खेलिरहेको छ ।

२) पत्नी

पmाटेको अद्धार्नु छाता रहिछे

ऊ च्यातिन पनि छोड्दिन

म सिउन पनि छोड्दिनँ ।

३) डायस्पोरा

नातिनातिनीहरुले

स्काइपबाट आएर

यहाँ गाउँमा भएका

हजुरबा हजुरआमालाई

ठूली गरे ।

 

४) फरक

रिल लाइफ र

रियल लाइफमा

एकथोक मात्र फरक हुँदोरहेछ

रियल लाइफमा

मानिस फगत् एक्लो हुँदोरहेछ ।

 

५) ज्ञान

फरक यत्ति छ कि

मनिस पहिले मिल्छन्

र पछि लड्छन्

जनावर पहिले लड्छन्

र पछि मिल्छन् ।

 

६) परिमाण

बूढो भएपछि मानिस

रिसाउने मात्रै गर्छ

किनकि जीवनभर उसले

हाँसो निखारी सक्छ ।

 

७) चाहना

रागका बारीमा

उत्तेजनाका नाद्

शताब्दीयौँदेखि झन्झनाइ रहेछन् ।

 

८) प्रश्न

पढेर

बाटो हिँडेर

र रुख चढेर

कहिले सकिन्छ ?

भन ए ! गुरूहरु ?

 

९) मोबाइल

अप्ठ्यारो परेका बेला

भतक्कै भए पनि

नेटवर्क नलाग्ने ।

 

१०) मात

रक्सीभन्दा

कतिकति मीठा छन् तिम्रा आँखाहरु

जति पिए पनि म अघाउँदिनँ ।

Comments

About the author

चितवन पोष्ट