गृह » (गजल)
साहित्य

(गजल)

– नरेन्द्र बुढाथोकी

एउटा प्रतिस्पर्धा गर्न बा र म मैदानमा छौँ
गरिबीको खाडल भर्न बा र म मैदानमा छौँ

यो वेश्यारुपी समाजलाई आँखामा राखी
केवल एकछाक टार्न बा र म मैदानमा छौँ

घरको चुलो बल्न छाडेको महिनौँ भएछ
त्यही चुलो बाल्न बा र म मैदानमा छौँ

भीख माग्दै कति धाउनु ढुंगारुपी मन्दिरमा
मृत्युको एक घडी सार्न बा र म मैदानमा छौँ

(सर्केगाड गाउँपालिका–२, रिप, हुम्ला)

Comments

About the author

चितवन पोष्ट