गृह » (गजल)
साहित्य

(गजल)

–विष्णु ज्ञवाली (गुल्मेली)

कसैसँग डराउने, झुक्ने बानी छैन मेरो
बिनाकारण केही कुरामा चुक्ने बानी छैन मेरो

जस्तो आउँछ परिस्थिति त्यहीअनुसार चलिदिन्छु
बर्सात्को मूलजस्तो सुक्ने बानी छैन मेरो

दुनियाँ घाती अनि स्वार्थी छ संसार यहाँ
तर पनि एकान्तमा लुक्ने बानी छैन मेरो

कोही अघि बढ्यो भने रिस गर्ने छ समाज हाम्रो
दन्किराको आगोलाई झन् फुक्ने बानी छैन मेरो

धेरै चाह अनि सपना बुन्दै आएँ यहाँसम्म
लक्ष्य पूरा नभएसम्म रूक्ने बानी छैन मेरो

(बालकुमारी कलेज, बीएड तेस्रो वर्ष)

Comments

About the author

चितवन पोष्ट