गृह » ४० ज्येष्ठ नागरिक सम्मानित
राजनीति समाचार समाज

४० ज्येष्ठ नागरिक सम्मानित

चनौली । नेकपा (एमाले) भरतपुर महानगरपालिका–२० ले चनौलीमा ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
एमाले चितवनका कार्यवाहक अध्यक्ष तेजेन्द्रबहादुर खड्का प्रमुख अतिथि रहेको सम्मान कार्यक्रममा ज्येष्ठ पार्टीका सक्रिय सदस्य तथा नेताहरु, ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरु र सल्लाहकार एवम् शुभेच्छुकहरु सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा एमाले चितवनका पूर्वसल्लाहकारहरु तीर्थमान घले, टेकनाथ बराल, सिद्धिप्रसाद पराजुली, सिंहराज गुरुङ तथा कृष्णकुमारी गुरुङलगायतका ४० जना रहेका छन् । कार्यक्रममा चितवन क्षेत्र नं. ४ प्रदेश ‘क’ का निर्वाचित सांसद कृष्णप्रसाद भुर्तेललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल, एमाले चितवनका सचिवालय सदस्य खोमकान्त रेग्मी, मेखबहादुर तामाङ, टीएम गुरुङ, देववहादुर तामाङ, ओमप्रसाद लामिछाने तथा तुल्सीराम पाण्डेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा एमाले भरतपुर महानगरपालिका–२० का अध्यक्ष ऋषीराम तिवारीको अध्यक्षतामा भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट