गृह » प्रतिपक्षमा बसेर बलियो बन्न कांग्रेसलाई सुझाव
राजनीति समाचार समाज

प्रतिपक्षमा बसेर बलियो बन्न कांग्रेसलाई सुझाव

जगतपुर । नेपाली कांग्रेस चितवन साविक क्षेत्र नम्बर ५ ले आयोजना गरेको क्षेत्रीय भेलामा नेपाली कांग्रेसले प्रतिपक्षमानै बसेर पार्टीको जग बलियो बनाउन आवश्यक रहेको कांग्रेसका स्थानीय अगुवाहरुले बताएका छन् ।
भेलामा वक्ताहरुले कांग्रेसको जग बलियो नहुँदा निर्वाचनमा हार्न पुगेको बताएका थिए । संगठन बलियो बनाउँदै सशक्त प्रतिपक्षको भूमिकामा कांग्रेस रहनु आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
पार्टी भित्रका कमीकमजोरीलाई सच्याउँदै अभियानलाई एक ढिक्का बनाएर अघि लानुको विकल्प नरहेको उनीहरुको भनाइ थियो
अहिले कांग्रेसको भूमिका विकासमा साझेदारी र स्रोत दुरुपयोगमा खबरदारी रहेको भन्दै उनीहरुले अबको समयमा सबै तहमा दिइएको उम्मेदवारहरुकै नेतृत्वमा विकास निर्माणको अनुगमन तथा निरीक्षण आवश्यक रहेको बताएका थिए ।
कांग्रेस चितवन साविक क्षेत्र नम्बर ५ का सभापति लालबहादुर दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वक्षेत्रीय सभापतिहरु बुद्धि गुरुङ, जगन्नाथ कँडेल, महासमिति सदस्य गीता गुरुङ, मयाराम चौधरी, जिल्ला उपसभापति कैलाश कोइराला, जिल्ला सदस्यहरु सोभाखर चापागाई, खेम महतोलगायतले बोलेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट