गृह » कांग्रेसले तोक्यो जिम्मेवारी
राजनीति

कांग्रेसले तोक्यो जिम्मेवारी

भरतपुर । नेपाली कांग्रेस चितवनले ५ निर्वाचन क्षेत्रमा नेताहरु खटाएको छ । जसअन्तर्गत क्षेत्र नम्बर १ मा शेषनाथ अधिकारी, निता ढकाल, क्षेत्र नम्बर २ मा भीमबहादुर श्रेष्ठ, सूर्य अर्याल, क्षेत्र नम्बर ३ मा पृथ्वीमान गुरुङ, राजिव न्यौपाने, क्षेत्र नम्बर ४ मा टेकप्रसाद गुरुङ, शंकर कँडेल रहेका छन् । यस्तै क्षेत्र नम्बर ५ मा रामकृष्ण घिमिरे र उत्तम जोशीलाई अभियान सञ्चालनको जिम्मेवारी दिइएको छ ।
कांग्रेस चितवनले सुरु गरेको ‘अबको कांग्रेस प्रशिक्षित कांग्रेस’ भन्ने मुल नाराका साथ सुरु गरेको संगठन सुदृढीकरण तथा पुनःजागरण अभियान ४५ दिनसम्म सञ्चालन हुनेछ । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पहिलो चरणमा क्षेत्रीय समिति, नगर समिति हुँदै वडा स्तरीय बैठकहरु हुने छन् । योसँगै संगठन सुदृढीकरण गरिने उनले बताए । काँग्रेस चितवनमा १९ हजार ६ सय जना कृयाशील सदस्य रहेका छन् । उनीहरुलाई प्रशिक्षित बनाउँदै संगठन सुदृढ गरिने श्रेष्ठले बताए ।

 

 

Comments

About the author

चितवन पोष्ट