गृह » कांग्रेस कार्यकर्तालाई निराश नहुन आग्रह 
राजनीति

कांग्रेस कार्यकर्तालाई निराश नहुन आग्रह 

भरतपुर (रासस) । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले नेपालका सबै राजनीतिक उपलब्धि काँग्रेसले युद्ध जितेर हासिल गरेको तर अहिलेको निर्वाचनको लडाइँ मात्रै हारेकाले कार्यकर्तालाई निराश नहुन आग्रह गरेको छन् ।
कांग्रेस चितवनले शुक्रबार आयोजना गरेको संगठन सुदृढीकरण तथा पुनजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले पनि नेपाल एकीकरण गर्दै गर्दा अनेकौंँ लडाइँ हारेको तर युद्ध जितेको बताए ।
उनले भने, ‘अब पाँच वर्ष काँग्रेस सरकारमा नरहँदा कुनै कार्यकर्ताको हरिबिजोक हुँदैन । हामी सबै आस्थाका कारणले काँग्रेसमा लागेको हो ।’ थापाले निर्वाचनमा जित र हार जे भए पनि जुन ठाउँमा निर्वाचन लडेको छ, त्यो ठाउँको छाया सरकारको रुपमा काम गर्नुपर्छ भनेका थिए ।

 

 

Comments

About the author

चितवन पोष्ट