गृह » एमाले चितवनको शुभकामना आदान–प्रदान
राजनीति

एमाले चितवनको शुभकामना आदान–प्रदान

भरतपुर । नेकपा एमाले चितवनले नेपाल कम्युनिस्ट पार्टीको ६९ औं स्थापना दिवसको अवसरमा आइतबार शुभकामना आदानप्रदान गरेको छ ।
पार्टी कार्यालयमा आयोजित जिल्ला कमिटीको बैठक मार्फत नेताहरुले कम्युनिस्ट पार्टी स्थापना दिवसको खुसीयाली साटासाट गरेका हुन् । कम्युनिस्ट दिवस मार्फत् सबै कम्युनिस्ट पार्टीहरुबीच एकता हुनुपर्छ भन्ने सन्देश जिल्ला कमिटी बैठक मार्फत् प्रवाह गरिएको प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिए । उनले एमाले माओवादीबीच छिट्टै एकता हुने भन्दै जिल्ला कमिटीका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गरिने बताए ।
बैठकमार्फत भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि आक्रमण गर्नेलाई प्रशासनले अझै पक्राउ गर्न नसकेको भन्दै ध्यानाकर्षण गराइएको छ ।
तत्कालीन राणा शासनको विरुद्धमा आन्दोलन चलिरहेका बेला विसं २००६ वैशाख १० गते (अप्रिल २२, १९४९) कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतीय भूमि कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको जन्म भएको थियो । नेता श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ र निरञ्जन गोविन्द वैद्य कम्युनिस्ट पार्टीको संस्थापक थिए । एमाले जिल्ला कमिटी उपाध्यक्ष तेजेन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकमा पार्टी वैकल्पिक सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल प्रमुख अतिथि रहेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट