गृह » पार्टी एकता टरेको होइन, सरेको : प्रचण्ड 
प्रमुख समाचार राजनीति

पार्टी एकता टरेको होइन, सरेको : प्रचण्ड 

u[xdGqL yfkf kqsf/ ;Dd]ngdf k|]; ;]G6/ lrtjgn] a'waf/ e/tk'/df cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf af]Ng'x'Fb} u[xdGqL /fdaxfb'/ yfkf . t:jL/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता टरेको नभई मिति सरेको बताएका छन् ।
भरतपुरमा बुधबार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वैशाख ९ गते हुने भनिएको एकता समय अभावले सरेको बताए । उनले भने, ‘मिडियामा आएजसरी एकतामा कुनै विवाद छैन । उनले वैशाख महिनाभित्रै एकता हुन्छ र दुई चार दिनमै केही कुरा थाहा हुन्छ ।’
‘पार्टी एकताका विषयमा पावर सेयरिङमा कुरा नमिलेको भनेर जुन प्रचारबाजी भएको छ, त्यो बिल्कुल गलत हो’ अध्यक्ष प्रचण्डले भने, ‘चुनाव चिन्हमा विवाद पनि होइन, टुंगेको पनि छैन । छलफलमै छौँ ।’ गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल सुुरू भएकाले ९ गते नै सबै टुंगिदैनकी भन्ने लागेको उनले बताए । प्रचण्डले सञ्चारमाध्यममा आएजस्तो चुनाव चिन्ह, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको बताए ।
उनले नयाँ बन्ने पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिन्ह के राख्ने र एकताको मोडालिटी के हुने ? भन्ने विषयमा प्रधानमन्त्री र आफ्नो छलफल हुने बताए । उनले पार्टी एकता हुँदैनकी भन्ने आशंका नगर्न सबैलाई आग्रहसमेत गरेका थिए । चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रममा प्रचण्ड चितवन आएका हुन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल पनि थिए ।

Comments

About the author

चितवन पोष्ट