गृह » हेटौंडालाई स्थायी राजधानी माग गर्दै देउवालाई ज्ञापनपत्र
राजनीति

हेटौंडालाई स्थायी राजधानी माग गर्दै देउवालाई ज्ञापनपत्र

अमृत चिमरिया
हेटौंडा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई मकवानपुरका राजनीतिक दल, जनप्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका छन् । मंगलबार हेटौंडामा पूर्वप्रधानमन्त्री देउवालाई जिल्ला समन्वय समितिको संयोजनमा ज्ञापनपत्र बुझाइएको हो ।
देउवा सरकारले हेटौंडालाई तोकेको अस्थायी राजधानीलाई स्थायी बनाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । ज्ञापनपत्र बुझ्दै देउवाले आफूहरुको सरकारले हेटौंडाबाट राजधानी सार्नको लागि यहा“ राजधानी नतोकेको प्रतिक्रिया दिए । देउवाले आफूले मात्रै केही गर्न नसक्ने भन्दै अन्य नेताहरुको पनि राजधानीको लागि ठूलो हात रहेको प्रष्ट पारेका थिए ।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाली कांग्रेसका नेता तथा प्रदेश सदस्य इन्द्रबहादुर बानिया“ले सभापति देउवालाई साक्षी राख्दै ३ नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा सार्न नदिने बताएका थिए । त्यस्तै एमाले नेता विरोध खतिवडाले हेटौंडा सबै हिसाबले प्रदेशको राजधानीको लागि उपयुक्त भएकोले केन्द्रीय नेताहरुले यसलाई मध्यनजर गर्दै विवाद हुने काम गर्न नहुने समेत बताएका थिए ।
कार्यक्रममा प्रतिनिधिसभा सांसद विरोध खतिवडा, नेपाली कांग्रेस ३ नम्बर संसदीय दलका नेता इन्द्रहादुर बानिया“, प्रदेशसभा सांसदहरु जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, सन्तराम चेपाङ, राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालसहित मकवानपुरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसै बीच ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सो प्रतिनिधिमण्डलले भेट गरेको छ । भेटमा देउवाले मुख्यमन्त्री पौडेललाई आफ्नो सरकारको पालमा तोकेको प्रदेशको मुकाम उपयुक्त रहेको भन्दै यसको निर्णय ठिक भएको बताएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

Comments

About the author

चितवन पोष्ट