विज्ञापनका लागि राखिने होर्डिङ बोर्ड साँच्चै नै भन्ने हो भने व्यक्तिगत घरमा राख्दा घरधनीले वार्षिक ५० हजारसम्म लिँदा रहेछन्, तर सरकारी जमिनको आसपास खोलाको छेउमा राखेका त्यस्ता होर्डिङ बोर्डहरुको पैसा कसले लिन्छ ? नगरपालिका या अन्य निकाय अनि सरकारी नीतिमा होर्डिङ बोर्ड राख्न नपाउने नियम हुँदाहुँदै पनि चितवनका सबै क्षेत्रमा व्यापक मात्रामा होर्डिङ बोर्डहरु राखेर विज्ञापन गरिँदै छ । किन र कसको फाइदाका लागि यो काम हुँदैछ ? सम्बन्धित निकायको ध्यान जाओस् ।
– राजु गौतम
(खैरहनी, चितवन)
Comments