गृह » बौद्धधर्म सेवा समितिको पदभार ग्रहण
समाचार समाज

बौद्धधर्म सेवा समितिको पदभार ग्रहण

भरतपुर । बौद्धधर्म सेवा समिति चितवनको गत जेठ २२ गते भएको ८औँ अधिवेशनबाट निर्वाचित भएका नयाँ कार्यसमितिले शनिबारबाट आफ्नो पदभार सम्हालेका छन् ।
शनिबार महाबौद्ध गुम्बा तीनखोलेमा विशेष कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरूलाई पुरानो कार्यसमितिहरूले पदहस्तान्तरण गरेपछि नयाँ कार्यसमितिले पदभार सम्हालेका हुन् । पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष इमानबहादुर गुरूङले संस्थालाई नयाँ ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । विगतमा भएका कतिपय अधुरा कामलाई पूर्णता दिने र आवश्यकताअनुसार नयाँ कामको थालनी गरी सामाजिक सेवामा समितिको परिचय स्थापित गराउँदै जाने उनले बताए ।
बौद्ध धर्म सेवा समितिका पूर्वअध्यक्ष टेकप्रसाद गुरूङले भरतपुरमा रहेको गुम्बा जिल्लाकै नमूना गुम्बाको रूपमा स्थापित हुनुमा पूर्व सबैको भूमिका महत्वपूर्ण रहेको बताए । चितवनमा विभिन्न जिल्लाका गुरूङ समुदायको बसोबास रहे पनि एउटै समाजको रूपमा मिलेर बसेको र गुम्बाको विकासका लागि सधैँ सकारात्मक रूपमा सरसल्लाह र विभिन्न तरिकाबाट सहयोग गरेकै कारण आज यो स्थानमा आइपुगेको उनको भनाइ छ ।
गुरूङ समुदायको मुख्य धार्मिक तथा सांस्कतिक संस्थाको रूपमा रहेको बौद्ध धर्म सेवा समितिको तीनवर्षे कार्यकाल पूरा गरेर गएका पुराना कार्यसमितिलाई नवनिर्वाचित कार्यसमितिले बिदाइ गरेका छन् । संस्थाका निवर्तमान अध्यक्ष गणेशबहादुर गुरूङ अस्वस्थ रहेको भन्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै नयाँ कार्यसमितिले पुरानो कार्यसमितिलाई मायाको चिनो दिएर बिदाइ गरेका थिए । कार्यक्रम बौद्ध धर्म सेवा समितिका निवर्तमान उपाध्यक्ष वीरसुब्बा गुरूङको अध्यक्षतामा भएको हो ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment