गृह » असहाय बालिकालाई सहयोग
अर्थ

असहाय बालिकालाई सहयोग

रत्ननगर । लायन्स क्लब अफ चितवन राइनो सिटीले असहाय बालिकालाई सहयोग गरेको छ ।
एञ्जल्स वल्र्ड स्कुल रत्ननगरमा कक्षा १ मा अध्ययन गर्ने एलिस्का चौधरीलाई क्लबले स्कुल पोशाक, लत्ता कपडा, व्याग, जुत्तासहित स्टेशनरी वितरण गरको हो । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य नगेन्द्रराज पाण्डे र क्लबका अध्यक्ष उमेश गिरीले बालिकालाई सामग्री हस्तान्तरण गरेका थिए ।
रत्ननगर–१० निवासी बालिकालाई क्लबले विगत तीन वर्षदेखि आवश्यक समग्री सहयोग गर्दै आएको छ भने विद्यालयले मासिक परीक्षा शुल्क निःशुल्क दिँदै आएको विद्यालयका अध्यक्ष एवम् क्लबका सचिव युगबहादुर थापाले जानकारी दिए । बालिका बुबा क्यान्सर रोग लागेर मृत्यु भइसकेको र आमाले दोस्रो विवाह गरेपछि टुहुरी भएकी थिइन् । कमजोर आर्थिक अवस्थाकी उनी हजुरबुबा र हजुर आमासँग बस्दै आएकी छन् । क्लबका अध्यक्ष गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रराज पाण्डेले मन्तव्य राखेका थिए ।

Comments

About the author

चितवन पोष्ट

प्रतिकिया

Click here to post a comment